बरिष्ठ पत्रकार विरही पोखरामा सम्मानित
पोखरा । नेपाल पत्रकार महासङ्घ कास्कीले सञ्चालन गर्दै आएको कीर्ति स्मृति पत्रकारिता सम्मानबाट बरिष्ठ पत्रकार हरिहर विरही सम्मानित भएका छन् । पत्रकारिता सम्मानको राशि १ लाख ११ हजार १ सय ११ रुपैयाँ छ ।
विरहीलाई प्रथम राष्ट्रपति डा रामवरण यादवले सम्मान गरे । पुरस्कार उद्योगपति तथा राजनीतिज्ञ स्व.सूर्यबहादुर केसीले बाबुको स्मृतिमा स्थापना गरेका हुन् ।