देउवाले बोलाए विपक्षी दलको बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलहरूको बैठक बोलाएका छन् । भोलि (मंगलबार) बिहान १० बजे बानेश्वरस्थित प्रमुख प्रतिपक्षी दलको कार्यकक्षमा बैठक बस्ने राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका उपनेता बुद्धिमान तामाङले जानकारी दिए । भोलि आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ ।

सहकारी बचत अपचलन प्रकरणमा सत्ता र प्रतिपक्षको कुरा नमिल्दा सदनको गतिरोध अन्त्य हुन सकेको छैन । बजेटको दिन कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफलका लागि बैठक बस्न लागिएको तामाङले जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *