चालुतर्फ घटाएर बढायो पुँजीगत खर्च

काठमाडौं । सरकारले चालुतर्फको बजेट घटाएर पुँजीगततर्फको खर्च बढाएको छ । चालु वर्षको तुलनामा आगामी वर्षको पुँजीगत खर्च बढाएर चालु खर्च घटाएको हो । चालु वर्षका लागि सरकारले तीन खर्ब दुई अर्ब सात करोड रुपैयाँ पुँजीगत खर्च विनियोजन गरेको थियो । आगामी वर्ष भने तीन खर्ब ५२ अर्ब ३५ करोड रुपैयाँ पुँजीगत खर्च विनियोजन गरेको हो । आगामी वर्ष चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ विनियोजन गरिएको छ । गत वर्षको तुलनामा एक अर्ब रुपैयाँ चालु खर्च घटाइएको छ । चालु वर्षका लागि सरकारले ११ खर्ब ४१ अर्ब ७८ करोड रुपैयाँ विनियोजन गरेको थियो । सरकारले आगामी वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ विनियोजन गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *