प्रतिपक्ष दलका नेताहरुसँगको भेटलाई लिएर आत्तिनु पर्दैन- नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाससहितका प्रतिपक्ष दलका नेताहरुसँगको भेटलाई लिएर आत्तिनुपर्ने आवश्यकता नरहेको बताएका छन् ।

आज (आइतबार) काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । उनले आफ्नो पार्टी राजनीतिको महत्वपूर्ण घटक भएको र सबै नेताहरुसँग छलफल चल्ने कुरा स्पष्ट रहेको बताए । उनले सबैले नेताहरुसँग भेट गर्न र सम्पर्क बढाउन पाउने बताए। उनले सरकारमा कुनै असमझदारी नबनाउन आफूले यसबारेमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई जानकारी गराएको पनि बताए।

उनले आफ्नो पार्टी दुईवटा नाउमा खुट्टा हिँड्ने खाले नरहेको बताए । उनले भने, ‘हामी एउटा महत्वपूर्ण घटक भएको हुनाले हामी त्यो बैठकमा सहभागी भयौँ । सबैले नेताहरुसँग सम्पर्क गर्न पाउँछन् । हामी पनि पाउँछौँ । अन्यथा रुपमा कसैले आत्तिनुपर्ने आवश्यकता छैन । त्यही सिलसिलामा मैले प्रधानमन्त्रीसँग असमझदारी नहोस् भनेर मैले प्रधानमन्त्रीलाई फोन पनि गरेँ। उहाँले भन्नुभयो, ठिक छ, सम्बन्ध सबैसँग राख्नुपर्छ तर कमिटमेण्ट फाइनल नगरिदिनु होला । कति बेला के हुने हो भन्ने स्थिति थियो र विश्वास छ, एउटा समझदारी भइसकेपछि त्यसै आधारमा अघि बढिन्छ। हामी दुईवटा नाउमा खुट्टा राखेर हिँड्दैनौँ ।’

उनले सरकारमा बस्ने कि नबस्ने भन्नेमा पार्टीको बैठकले टुंगो लगाउने बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *