विराटनगरमा विद्यार्थीहरुले गुडिरहेको सरकारी गाडी रोकेर लगाईदिए आगो

काठमाडौं । मोरङको विराटनगरमा विद्यार्थीले सरकारी गाडी जलाइदिएका छन् ।

निजी विद्यालयले कानुनविपरीत शुल्क लिइरहेको र शिक्षक छनोटमा मनपरी गरको भन्दै नगरपालिका पुगेका विद्यार्थीले नगर प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीले ६ जना विद्यार्थी नेताहरुलाई पक्राउ गरेको थियो ।

रंगेलीमा ६ जना विद्यार्थी पक्राउ परेको विरोधमा शुक्रबारदेखि आन्दोलन गरिरहेका विद्यार्थीले आइतबार बिहान महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस अगाडि सरकारी गाडी जलाएका हुन् । प्रहरीका अनुसार आगजनी भएको गाडीको अहिलेसम्म पूर्ण विवरण खुलिसकेको छैन । सडकमा गुडिरहेको प्रदेश योजना आयोगको गाडीमा ढुंगामुडापछि विद्यार्थीले आगजनी गरेका हुन् । विद्यार्थीले अन्य ५ वटा सरकारी गाडीमा पनि तोडफोड गरेको प्रहरी स्रोतले जनाएको छ । अहिले विद्यार्थीहरुले समस्या समाधानका लागि प्रशासनसँग सहकार्य गर्न नसकेको र विद्यार्थीहरुले शक्तिको दुरुपयोग गर्दै भौतिक क्षेति गरेको प्रहरीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *