प्रभु बैंक र बन्दिपुरका नौ होटेल तथा रेष्टुरेन्टबीच छुटसम्बन्धी सम्झौता
काठमाडौं । प्रभु बैंकले बन्दिपुरमा रहेका विभिन्न होटेल तथा रेष्टुरेन्टहरूसँग सम्झौता गरेको छ । बैंकले बन्दिपुर ईको होटेल प्रा.लि, हेरिटेज गेष्ट हाउस एन्ड रेष्टुरेन्ट, होटेल दरबार हिमालय, फाल्चा खाजा घर, बहिदार घर क्याफे, गुड होटेल प्रा।लि।, हिल्स सेभेन रेष्टुरेन्ट एन्ड लज, होटेल तीनधारा, वर्ल्ड हाउस क्याफे एन्ड लजबीच बैंकले आफ्ना कर्मचारी तथा ग्राहकवर्गलक्षित गरी उपलब्ध सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ । सम्झौतामा बन्दिपुर ईको होटेल प्रा।लिको तर्फबाट निर्देशक सूर्यप्रसाद ढकाल, हेरिटेज गेष्ट हाउस एन्ड रेष्टुरेन्टका प्रोपाइटर संगीता प्रधान, होटेल दरबार हिमालयका प्रोपाइटर सीरकुमारी गुरुङ, फाल्चा खाजा घरका प्रोपाइटर मिनु प्रजापति, बहिदार घर क्याफेका प्रोपाइटर प्रतिमा श्रेष्ठ र गुड होटेल प्रालिका निर्देशक विश्वप्रकाश सुल्पेले हस्ताक्षर गरेका हुन् ।
त्यस्तै, हिल्स सेभेन रेष्टुरेन्ट एन्ड लजका प्रोपाइटर रबी शान्ति पिया, होटेल तीनधाराका प्रोपाइटर सुमनसन श्रेष्ठ, वर्ल्ड हाउस क्याफे एन्ड लजका प्रोपाइटर नन्दा पिया र प्रभु बैंकको तर्फबाट डुम्रे शाखा इन्चार्ज बिटुमाया बस्नेतले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार प्रभु बैंकका ग्राहकहरू, कार्ड प्रयोगकर्ताहरू, कर्मचारी तथा कर्मचारीका परिवारजनमाथि उल्लेखित सम्झौतामा भएका होटेल तथा रेष्टुरेन्टमा उपलब्ध सेवामा छुट प्राप्त हुनेछ । आवास, खाना, मनोरञ्जन सभाहल लगायतका सेवामा पाँच प्रतिशतदेखि २० प्रतिशत छुट प्राप्त गर्न हुने जनाइएको छ । साथै, प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरूले आफ्नो बैंकसँगको आबद्घताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । हालसालै ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर ३०६ शाखा कार्यालय, २८६ एटीएमका साथै ७० भन्दा बढी एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।
















