राजनीतिज्ञ, व्यवसायी र कर्मचारी एक ठाउँमा हुँदा देश बर्बादीको बाटोमा ः कोइराला
काठमाडौं । शनिबार मोरङमा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिभित्र ‘अपराध’ भइरहेको बताएका छन् । पछिल्ला दिनमा राजनीतिज्ञ, व्यवसायी र कर्मचारी एक ठाउँमा उभिएका उनले उल्लेख गरे । जुन देशमा यी तीन समूह एक ठाउँमा उभिन्छन्, तब विद्यमान ऐन, कानुनहरू गौण रहन्छ र देश बर्बादीको बाटोमा लाग्छ । उनले यही कारण देशमा भ्रष्टाचार बढेको र जनताले सुशासनको अनुभूति गर्न नपाएको बताए ।
रेमिट्यान्सले देश चलिरहेको छ । आर्थिक अवस्था राम्रो छैन । यस्तो अवस्थामा देश जति बेला पनी कोल्याप्स गर्न सक्छ । जब मानिसका सबै अंगले काम गर्न छोड्छ, तब जति उपचार गरे पनि शरीर ठिक नहुने भन्दै उनले अहिले देश त्यही अवस्थामा पुगेको बताए ।