गण्डकीका प्रदेशसदस्य देवकोटालाई कारबाही नगर्न अदालतको आदेश

काठमाडौँ । गण्डकी प्रदेशका प्रदेशसभा सदस्य फणीन्द्र देवकोटालाई कारबाही नगर्न अदालतले आदेश दिएको छ ।

फ्लोर क्रस गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएपछि उनलाई नेकपा माओवादी केन्द्रले कारबाही गरेको थियो । तर, न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले देवकोटाको पक्षमा अन्तरिम आदेश जारी गरेको छ । अदालतले देवकोटामाथि माओवादी केन्द्रले कारबाही गर्न नसक्ने सुनाउँदै सभामुखको निर्णय तथा कारबाहीको सूचना कार्यान्वयन नगर्न आदेश दिएको हो ।

देवकोटाले भने आफू नेपाल समाजवादी पार्टीको सदस्य भएकाले माओवादी केन्द्रले कारबाही गर्न नमिल्ने जिकिर गर्दै आएका थिए ।  सांसद देवकोटा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका सांसद हुन् । यद्यपि उनले माओवादी केन्द्रको चुनाव चिन्ह लिएर चुनाव लडेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *