विगतमा भएका कमजोरीलाई सुधार गर्दै मौद्रिक नीति आउनुपर्ने ः उपाध्याय

काठमाडौं । मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा नेपाल बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)का वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायले बैंकर र व्यवसायी छुट्याउन नहुने बताएका छन् । उनले माग घटेको कारण ऋण तिर्न सकस भएको बताएका छन् । ‘माग घटेको छ, ऋण तिर्न सकस भएको छ । बैंकको नाफा घटिरहेको छ, यस्तो अवस्थामा मौद्रिक नीति कस्तो आउला भन्ने अपेक्षामा छौँ । विगतमा भएका कमजोरीलाई सुधार गर्दै मौद्रिक नीति आउनुपर्ने उनको भनाई छ । बैंक तथा वित्तीय संस्था पुँजिवृद्धि पछि कर्जा बढाउन केन्द्रित भएको उनले जानकारी दिए ।

त्यस्तै, उनले समस्या निम्तिएपछि समाधानमा जोड गर्नुपर्ने बताएका छन् । ‘इक्विटिको दबाब खेप्न परेको छ, साथै लगानीकर्ताले प्रतिफलको आशा गर्ने भएकाले त्यस अनुसारको मौद्रिक नीति आउनुपर्छ, बैंकिङ क्षेत्रका स्टेकहोल्डरलाई टिकाउन नीतिमा सहजीकरण गर्नुपर्छ’, उनले भने । उपाध्यक्ष राजेश उपाध्यायले बैंकर र व्यवसायी छुट्याउँदा भविष्यमा ठूलो समस्या आउने बताएका छन् । बैंकमा पर्याप्त निक्षेप भएपनि पुँजिकोषको दबाबले कर्जा प्रवाह गर्न नसकिएको उनको धारणा छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *