पेरिस ओलम्पिकमा नेपालका सात खेलाडी

काठमाण्डौं । पेरिस ओलम्पिकमा सहभागी हुने खेलाडीहरुसँग राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले तयारी बारे चासो राखेका छन्। ओलम्पिकका लागि बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुको तयारी र सरकारका तर्फबाट गर्नु पर्ने कामका विषयमा छलफल गर्नु भएको हो। साउन ११ गते देखि २७ गते सम्म आयोजना हुने ओलम्पिकमा नेपालका तर्फबाट सहभागी हुने सात जना खेलाडीहरु मध्ये नेपालमै वन्द प्रशिक्षणमा रहेका खेलाडी तथा सम्बन्धित प्रशिक्षकहरु संग भएको छलफलमा सदस्य–सचिव घिसिङले तयारीका लागि कुनै कमि हुन नदिने बताउनुभयो। खेल सामाग्री, खेल पोशाक, प्रशिक्षणको तालिका सम्बन्धमा सदस्य–सचिवले चासो राखे। देशले ठूलो आशा र भरोसा गरेको भन्दै खेलाडीहरुलाई उच्च मनोवलका साथ तयारी र प्रतिष्पर्धाका लागि सदस्य– सचिव घिसिङले सुझाव दिनु भयो।

स्वास्थ्यलाई विशेष ख्याल गर्न सुझाव दिनु हुदै सदस्य–सचिव घिसिङले उचित प्रबन्ध मिलाउन सम्बन्धित संघहरुलाई निर्देशन समेत दिए। खेलाडीले आफुहरुलाई घरबाटै ट्रेनिङमा आउन सहज भएको भन्दै बन्द प्रशिक्षण निकै उपलब्धिमूलक भएको बताएका छन्। प्रशिक्षकहरुले खेलाडीहरुको प्रशिक्षण तालिम, खुराक, खेल सामाग्री व्यवस्थापनका विषयमा जानकारी दिएका थिए। प्रशिक्षणमा रहेका खेलाडीहरुले विहान–बेलुका दैनिक ५ घण्टा बढी प्रशिक्षण गरी रहेको राष्ट्रिय टिम तयारीका निर्देशक दिपक विष्टले जानकारी दिए। छलफलमा नेपालमै बन्द प्रशिक्षणमा रहेका एथलेटिक्स खेलाडी सन्तोषी श्रेष्ठ र प्रशिक्षक कान्ति महतो, जुडो खेलाडी मनिता श्रेष्ठ प्रधान र प्रशिक्षक देवु थापा तथा सुटिङ खेलाडी सुस्मिता नेपाल र प्रशिक्षक प्रदिप खाती सहभागी थिए। पेरिस ओलम्पिमा यसपटक नेपालबाट सहभागी हुने सात जना खेलाडी मध्ये टेबलटेनिसका स्यान्टु श्रेष्ठ, व्याडयमिन्टनका प्रिन्स दाहाल, पौडीका डुवाना लामा र एलेकजेण्डर शाह वैदेशीक प्रशिक्षणमा रहेको निर्देशक बिष्टले जानकारी दिए। छलफलमा परिषद्का सदस्य प्रकाशकुमार कुसारी र राष्ट्रिय टिम तयारीका उपनिर्देशक दिपक श्रेष्ठको पनि उपस्थिति थियो।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *