बुधबार हुुने खेलको लागि मेसी फिट

काठमाडौं । अर्जेन्टाइन कप्तान लिओनल मेसी कोपा अमेरिका २०२४ को सेमिफाइनल खेल्न फिट रहेको प्रशिक्षक लियोनल स्कालोनीले बताएका छन् ।

‘लिओ ठीक छन् । उनले राम्रो खेले । त्यसैले भोलिको खेलमा उनी खेल्नेछन् । हामी शान्त छौं,’ स्कालोनीले सोमबार भएको प्रेस कन्फ्रेन्समा भने, ‘उनको लेभल राम्रो देखिएको छ र उनी हामीलाई आवश्यक छन् ।’

मेसीको ह्याम्स्ट्रिङको चोटको विषयमा चासो बढिरहेको बेला उनी क्यानडाविरुद्ध खेल्न फिट रहेको प्रशिक्षक स्कालोनीले बताएका छन् । मेसीले क्वाटरफाइनलमा इक्वेडरलाई पेनाल्टीसुटआउटमा पराजित गर्दा पूरै समय खेल खेलेका थिए ।३७ वर्षीय मेसीले इक्वेडरविरुद्ध पेनाल्टी सुटआउटमा पहिलो पेनाल्टी हाँन्ने मौका पाए पनि गोल गर्न भने सकेनन् ।

तर उनले समूह चरणको अन्तिम खेल खेलेका थिएनन् । बुधबार बिहान हुने सेमिफाइनलमा अर्जेन्टिना र क्यानडा बिच प्रतिस्पर्धा हुदैछ । अर्जेन्टिना र क्यानडा जारी कोपामा दोस्रो पटक आमने सामने हुँदैछन् । यसअघि पहिलो खेलमै अर्जेन्टिनाले क्यानडालाई २-० ले पराजित गरेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *