राष्ट्रपतिद्वारा विनियोजन विधेयक प्रमाणीकरण
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विनियोजन विधेयक, २०८१ प्रमाणीकरण गरेका छन् । आइतबार राष्ट्रपति पौडेलले संविधानको धारा ११३ को उपधारा २ बमोजिम विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको देहाय विनियोजन विधेयक २०८१ नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गर्नुभएको छ, राष्ट्रपतिको कार्यालयले विज्ञप्तिमार्फत भनेको छ ।