सीजी मोटर्सको नेपालकै सबैभन्दा ठूलो चार्जिङ स्टेसन नेटवर्क विस्तार
काठमाडौं । सीजी मोटर्सले नेपालकै सबैभन्दा ठूलो चार्जिङ नेटवर्क र उत्कृष्ट सर्भिस तथा पार्ट्स सेवाका कारण सीजी मोटर्सले आफ्नो ब्रान्ड छविलाई निरन्तर उचाइमा पुर्याइरहेको कम्पनीले जनाएको छ । सीजी मोटर्सले नेपालभर १७५ भन्दा बढी चार्जिङ स्टेसन स्थापना गरेको छ । निकट भविष्यमा त्यति नै चार्जिङ स्टेसन थप्ने योजना रहेको कम्पनीले जनाएको छ । १८ वटा सवारीसाधनहरू सहज रूपमा चलिरहेको अवस्थामा सीजी मोटर्सबाट प्राप्त सहयोग उत्कृष्ट छ । साथै, समय–समयमा मेरा गाडीहरू काठमाडौंभन्दा बाहिर जाने गरेको छ, बालाजु यातायातका सोमप्रसाद तुलाचन भन्छन्, सो समयमा मलाई सीजीको चार्जिङ नेटवर्कले सहज यात्रा गर्न सजिलो भएको छ ।
सीजीको सर्भिस नेटवर्कले गर्दा म झन् ढुक्क भएको छु । सीजी मोटर्सले आफ्ना ग्राहकको सन्तुष्टिलाई पहिलो प्राथमिकता दिएको बताइएको छ । अन्नपूर्ण यातायातका तोयनाथ पोखरेल भन्छन्, सीजी मोटर्सले हाम्रो भ्यान किन्न र मर्मत गर्न सजिलो बनाइदिएको छ । चार्जिङ स्टेसनहरूको संख्या बढ्दै जाँदा र सेवा शुल्क कम हुनु हाम्रो लागि यो परिवर्तनकारी भएको छ । काठमाडौंमा तीनवटा स्थानमा सीजीको सर्भिस स्टेसन राखेकाले हामीलाई जुन कुनै स्थानहरूबाट सहजै सर्भिस तथा स्पेर उपलब्ध हुने हुँदा हामी ढुक्क छौँ । साथै, बजारमा तथा मिडियामा आएका अनेकौँ टिप्पणीको पछाडि नलाग्न अनुरोध गर्दछु । सीजी मोटर्सको रोडसाइड असिस्टेन्स सेवा – जसले कुनै पनि ठाउँमा तपाईंको सवारीसाधनलाई छिटो र प्रभावकारी सेवा तथा सहयोग गर्न कम्पनी सधैँ तयार छ । सीजी मोटर्स विश्वसनीय र वातावरणमैत्री यातायात समाधान प्रदान गर्न अग्रणी बनेको छ । सीजी मोटर्सका नेपालभर १५ भन्दा बढी सर्भिस स्टेसन छन् । बिर्तामोड, इटहरी, लाहान, जनकपुर, सिन्धुली, सुर्खेत, वीरगन्ज, हेटौँडा, चितवन, पोखरा, बुटवल, नेपालगन्ज, धनगढीका साथै हात्तीवन, चाबहिल र भक्तपुरमा पनि सर्भिस स्टेसनमार्फत सेवा दिइरहेको छ ।