प्रजातन्त्र सेनानी स्व.बलराम थापाको सम्झनामा
२६
कहाँ गएति काका अहिले
जेलनेल बसे रे सुनेको महिले ।
जान्थे म घरमा तिथि चाडमा
बस्थे म उनको मायाँ आडमा ।
हाँसेरे बोल्थे खिसिक्क परि
जप्थे उनले रामराम हरी ।
बोल्थेनन् झुट्टा फरासि मन
चाहिन्न भन्थे राज्यको धन ।।२७
दुखत पाएं जेलनेल बस्दा
जवानी मन रुन्छ सम्झिदा ।
कस्तो थिएं म कस्तो भएछु
प्रजातन्त्रमा लडदै गए छु ।२८
बुझ्दै नबुझि लडे झै लाग्यो
अतितले गर्दा होस मेरो भाग्यो ।
पुकार गर्छु भन्थे मलाइ
रोई बस्दथे मुटु जलाई ।२९
नेताहरुको भएन धर्म
जेलनेल बस्या बुझेनन् मर्म
पाटि र पोैवा सेवा कुलोको
गर्थे सधैमान साना ठुलोको । ३०
जान्दिन भन्थे लेख्न र पढ्न
अगाडि मलाई लगाए लड्न ।
भन्थे नि सधै जुधाए मलाई
भएन सुख गरिब जनलाई ।३१
बहुदल होस या निर्दल आवस्
नेताले मात्र यो देश खावस ।
पुर्ण उनिमा ज्ञानको भारि
सेवामा लाग्थे वारि र पारि ।३२
समाजले उनमा दिदैन खोट
राज्यले सम्मान दिएको होत ।
झगडा गर्छन नेता नेतामा
राज्यको चिनो छैन व्यथामा ।३३
को कस्तो नेता त्याग तपस्या
पाईन्छ खोज यहिं अबस्य ।
ज्यूंदा हुदांमा गरेनौं मान
तिम्रा मनमा के के छ जान ।३४
गर्छौ झगडा परिपाठलाई
ज्येष्ठ नेताका भलिभांत पाई ।
ज्येष्ठ नेताका कुरा सुनेनौ
जेल र नेल बस्या बुझेनौ ।३५
युवा नेता नि जेल पर्याहौ
पहिला उनकै भर गर्या हौ ।
आशिष लिन मान्दै मानेनौ
सहि गन्तब्य जान्दै जानेनौ ।३६
गुरु र जनले नेता बनाउन
खोज्छनि शिष्य असल जनाउँन ।।
बृद्धा भएनि गुरु गुरुनै हुन
उनैको आशिष शिरमा थापुन ।३७
अहिलेका नेता कस्ता रहेछन्
मै मात्र जान्ने सुन्ने भएछन् ।
नेताको प्रेमल जोडि छुटेको
भन्थे जीवन सङगि टुटेको ।।३८
उनका बोलि बिस्तार राम्रो
नियति खोट छैननि हाम्रो ।
बस्थे लगाई सुकिला मुकिला
कर्तब्य पालनका थिए सजिला।३९
भन्थे मलाई बाबु र नानी
गयोनि मेरो त्यसै जवानी ।
धडकन्छ मुटु जेलको आभाष
दिएको मलाई खोईत स्याबास ।४०
लडें जिवनमा राज्यको लागि
जीवन भरी म भएं अभागि ।
जान्ने र बुझ्नेत बुझ्ने थिएनि
मेरा निमुखा मन पोलि दिएनि ।४१
ठूला नेताका भए आवास
दिएनन मलाई नेताले स्याबास ।
बोलिथ्यो उनको नरम स्वभाव
न्यायका लागि सधै अभाव ।।४२
खोज खोजन खोजि गरन
गुमराह नेता कति छन हेरन ।
उनका देन थियो थिएन
राज्यले उनको नामै लिएन ।४३
सुन्नु र बुझ्नु धेय लिएर
नेता नवन गेय लिएर ।
बन्नुछ नेता असल भएर
खोई कस्ले बुझ्यो देह गएर ।४४
बाचुञ्जेल सम्म माया र मोह
राख्नु पर्दछ कृति भाव जोह ।
पाए पदिय खुसि मुहार
स्वच्छ भावमा सधैं,बहार।४५
भन्थे मलाई नेता भएनन
जेलनेल बस्या अर्थै लाएनन् ।
भेटघाट हुदां चिन्दै नचिन्ने
सोचेर पनि बुझ्दै नबुझ्ने ।४६
राज्यले पावस् गति गन्तव्य
सुन्दै सुनेनन हाम्रा मन्तब्य।
धिकार्छ नेता रसमा भुल्याछौ
जन माया मोह बिना डुल्याछौ ।।४७
प्रजातन्त्रमा सबै लडेका
स्वार्थि पनमा बुई चढेका ।
छल र कपट सबको मनमा
आफन्तजालि स्वार्थि धनमा ।४८
प्रजातन्त्रमा लड्यो लडेन
निस्वार्थि भावमा चढ्यो चढेन ।
कसले पो राख्यो मुल्यको धार
प्रजातन्त्र भो अपराम्पार ।४९
गञ्तब्य लिनु उनको आधार
मिल्छ मिल्दैन सधैवहार ।
श्रष्ठालाई सम्मान माया दिएर
नेता उनै हुन् धेय लिएर ।।५०
उनका पनि त हृदय होला
व्यतित जीवन सम्छि मन रोला ।
नरुवाउँ तिम्ले पुराना नेता
जेलनेल बस्दा सिध्याए जेथा ।५१
सदस्य ।
नेपाली कांग्रेस
जिल्ला संगठन बिभाग ।