महान्यायाधिवक्ता पोखरेलको राजीनामा स्वीकृत

काठमाडौं । महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलद्धारा स्वीकृत भएको छ ।

नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धन भएर सरकार बनेपछि पोखरेलले राजनीनामा बुझाएका हुन् ।

उनले राष्ट्रपति पौडेलसमक्ष आफ्नो राजीनामा बुझाएका थिए । उक्त राजीनामा स्वीकृत भएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्ति जारी गरेर मंगलबार जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *