होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको निधन
काठमाडौँ । काठमाडौंको बत्तीसपुतलीमा रहेको हेरिटेज होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको निधन भएको छ ।
श्रेष्ठको ललितपुरस्थित मेडिसिटी हस्पिटलमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । ९२ बर्षिय श्रेष्ठ पछिल्लो समय निमोनिया र बाथरोगबाट पीडित भएपछि उपचाररत रहेकी थिइन् ।
महिला उत्थान र हेरिटज संरक्षणमा ५ दशक बिताएकी उनी फेडेरेसन अफ बिजनेस एन्ड प्रोफेसनल विमिन नेपालकी संस्थापक अध्यक्ष र नेपाल हेरिटेज सोसाइटीकी अध्यक्ष समेत थिइन् ।