गरिमा विकास बैंकको सेयर बिक्रीमा
काठमाडौं । गरिमा विकास बैंकले ४ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकका संस्थापकहरूमध्ये केही सेयरधनीहरूको स्वामित्वमा रहेको ४ लाख २५ हजार १५६.६७ कित्ता सेयर बिक्रीमा राखेको हो ।
बैंकले बिक्रीमा राखेको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र खरिद गर्न आवेदन दिनुपर्नेछ । यदि संस्थापक सेयरधनीहरूबाट खरिद नगरेको खण्डमा सर्वसाधारणलाई बिक्री गरिने बैंकले जनाएको छ ।