प्रधानमन्त्री ओलीको विपक्षमा मतदान गर्ने तीन दलको निर्णय

काठमाडौं । प्रतिपक्षी तीन दलले आज सिंहदरबारमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितका नेताहरूबीचको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । सदनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भयो ।

विपक्षमा मतदान गर्ने निर्णय भएको छ, माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले भने । प्रधानमन्त्री ओलीले आइतबार सदनमा विश्वासको मत लिँदै छन् । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था भए पनि ओलीले प्रधानमन्त्री नियुक्त भएको एक सातामै विश्वासको मत लिन लागेका हुन् । ओली नेपाली कांग्रेसको समर्थनमा असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *