सिटिजन्स बैंक र बुद्ध एयरबीच समझदारी

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र बुद्ध एयरबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्र अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले बुद्ध एयरमा १२ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।

सो छुट बुद्ध एयरको सबै कार्यालयको काउन्टरबाट मात्र प्राप्त हुने बैंकले जनाएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *