घर छिर्ने बित्तिकै लोग्नेको मेसिनबाट परीक्षण
बेलायतमा हालै एकजना यस्तै महिला चर्चामा छिन् । जसलाई विश्वकै सबैभन्दा इष्र्यालु तथा शंकालु महिला भन्न थालिएको छ । डेब्बी उड नामक ती महिलाले आफ्ना लोग्नेमाथि धेरै कडा बन्देज लगाएकी छिन् । टेलिभिजन कार्यक्रम This Morning Back मा ती दम्पतीले यस विषयमा विशेष खुलासा गरेका छन् । डेब्बीले आफ्ना पति स्टिभ कहिले र कहाँ जान्छन् ? के के गर्छन् ? कोसँग भेट्छन् अनि के कुराकानी गर्छन् सबै कुराको जानकारी राख्छिन् । यसका लागि उनले घरमा एउटा झुटो कुरा पक्रिने अर्थात् लाई डिटेक्टर मेसिन राखेकी छिन् । स्टिभ जब बाहिरबाट घर आउँछन् तब डेब्बीले आफ्नो इच्छा अनुसार पतिको मेसिनबाट परीक्षण गर्छिन् । एकपटक पतिपत्नीबीच छलफल हुने क्रममा स्टिभले आफू सत्य कुरा बोलेको र नपत्याएमा ‘लाई डिटेक्टर’ टेष्ट गर्न भनेपछि डेब्बीलाई उक्त मेसिन घरमा राख्ने आइडिया फुरेको हो । उनीहरूको प्रेम सम्बन्धको सुरुआतमा एक अर्काको टाढा बसेको बेला त्यस्तो अविश्वास तथा बहस हुने गर्दथ्यो । त्यसबेला स्टिभ अरु युवतीसँग पनि डेटिङमा थिए । त्यो थाहा पाउँदा डेब्बीलाई जलन भयो र झगडा गर्न थालिन् । त्यस्तोमा आफूलाई निर्दोष सावित गर्नका लागि स्टिभले ‘लाई डिटेक्टर’ टेस्ट गराउन पर्यो । आफूहरूको सम्बन्ध्लाई बचाइराख्नका लागि आफू चरम सीमासम्म पुगेको डेब्बी बताउँछिन् । अहिले उक्त घटनाको एक वर्ष बितिसकेको छ र उनले पतिलाई केही हल्का छुट प्रदान गरेकी छिन् । तथापि उनले हरेक हप्ता वा मासिक रुपमा पतिको झुट परीक्षण गराउँछिन् ।