सौर्य एयरलाइन्सको विमान दुर्घटना ग्रस्त ,१८ जनाको मृत्यु , एकको उद्धार

काठमाडौँ । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता हंशराज पाण्डेले १८ जनाको मृत्यु भएको पुष्टि गरे ।

विमान दुर्घटनामा घाइते भएका चालक मनिष रत्न शाक्यलाई उद्धार गरेर काठमाडौँ मेडिकल कलेज पठाइएको छ । जहाज उड्नेवित्तिकै विमानस्थलको धावनमार्गबाट उत्तरपूर्वतर्फ पर्ने नजिकैको क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो । मर्मतका लागि भनेर विमान काठमाडौँबाट पोखराका लागि उडेको थियो ।

एयरलाइन्सका अध्यक्ष दीपक पोख्रेलका अनुसार जहाज ममर्तका लागि पोखरा पठाइएको थियो । विमान विमानस्थलबाट उडेर २०० फिट माथि पुगेपछि असन्तुलित भएर तल भुईँमा खसेको जानकारी प्राप्त भएको छ ।

सौर्य एयरलाइन्सको विमान काठमाडौँबाट पोखराका लागि आज बुधबार बिहान करिब ११ बजेतिर दुर्घटना भएको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *