हिमालयन लाइफका सञ्चालक दुगडको राजीनामा स्वीकृत
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका सञ्चालक विवेक दुगडको राजीनामा स्वीकृत भएको छ । साउन ८ गते बसेको सञ्चालक समितिको २६ औं बैठकले असार ३१ गतेदेखि लागु हुने गरी दुगडको राजीनामा स्वीकृत गरेको हो ।
कम्पनीको संस्थापक समूहअन्तर्गत सञ्चालक पदमा रहेका दुगडले व्यक्तिगत व्यस्तताका कारण देखाएर असार ३१ गते राजीनामा दिएका थिए ।