शंकर ग्रुपको पाँचतारे होटल हिल्टन सञ्चालनमा

काठमाडौं । शंकर ग्रुपले निर्माण गरेको पाँचतारे हिल्टन होटल सञ्चालनमा आएको छ । अन्तर्राष्ट्रिय चेनको हिल्टनले यो होटलको व्यवस्थापन जिम्मेवारी लिएको छ । १७४ कोठाको यो होटलमा शंकर ग्रुपले ८ अर्ब रुपैयाँ लगानी गरेको छ । होटल ७ वर्ष अगाडि नै निर्माण सुरु गरेको भए पनि कोरोना महामारी र अरु प्राविधिक कारणले निर्माणमा ढिलाइ भएको ग्रुपले जनाएको छ । यो होटलले स्तर वर्गीकरणको लागि अनुगमन गरिदिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागमा निवेदन दिएको छ । पर्यटन विभागका प्रवक्ता कालीबहादुर भुलेजका अनुसार होटल सञ्चालनमा आएको छ । होटलको अनुगमन गरेर ५ तारे डिलक्सको मान्यता दिन आवेदन परेको परेको उनले बताए । १५० कोठा माथिका आवश्यक मापदण्ड पुगेका होटल पाँचतारे डिलक्स हुन सक्छन् ।

होटलको स्तरीकरणसम्बन्धी मापदण्डले निर्धारण गरेका शर्त पूरा गरेको अवस्थामा मात्रै स्तरीकरण निर्धारण हुने हुख्छ । होटलले पाँचतारे माथिको स्तर वर्गीकरणको माग गरेको विभागले जानकारी दिएको छ । अहिलेलाई होटल सञ्चालन गर्दै गर्नुस्, पर्यटन विभागले अनुकुल समयमा अनुगमन गरेर स्तरकरण गछौं भनेका छौं । जगदम्बा हस्पिटालिटी ग्रुपले निर्माण गरेको यो होटल सन् २०१२ मा दर्ता भएको र सन् २०२३ को जुलाईमा पब्लिक लिमिटेड कम्पनीमा परिणत गरिएको थियो। होटल निर्माण सुरु गरेसँगै हिल्टनसँग व्यवस्थापनका लागि सम्झौता गरेको थियो । हिल्टन वर्ल्डवाइड म्यानेज लिमिटेड बेलायत हिल्टन वर्ल्डवाइड होल्डिङ इंकको स्वामित्व भएको कम्पनी हो । जुन अमेरिकन मल्टिनेसनल हस्पिटालिटी कम्पनी हो । यस कम्पनीले सन् २०२३ अक्टोबरसम्म विश्वका १२३ देशमा ७ हजार २९५ होटल तथा रिसोर्टका १० लाख वटा कोठा व्यवस्थापन गर्दै आएको छ । शंकर ग्रुपले मुलुकमा ४० वर्षदेखि विभिन्न व्यापार व्यवसायमा लगानी गर्दै आएको छ भने साहिल अग्रवालसँग ट्रेड तथा उद्योगमा २० वर्षको अनुभव छ । शंकर ग्रुपले हाल उत्पादनमूलक उद्योग, ट्रेडिङ, बीमा, जलविद्युत्, घरजग्गालगायतका क्षेत्रमा लगानी गरेको छ । हिल्टन होटलमा हेल्थ क्लब स्पा, वातावरण अनुकूल स्विमिङ पुल र फिटनेस सेन्टरसहितका सुविधा उक्त होटलमा उपलब्ध हुने कम्पनीको भनाइ छ । होटलले स्थानीय तथा अन्तर्राष्ट्रिय स्वादका खाना उपलब्ध गराउने छ । होटलमा विवाह तथा सभा समारोहका लागि छुट्टै सभाकक्ष निर्माण हुनेछ । दुई तला अन्डर ग्राउन्डसहित बन्न लागेको १८ तल्ले भवनको १६औं तलामाथि स्विमिङ पुल रहनेछ । होटलमा नाइट क्लब, जिम हल, स्पालगायतका सुविधासमेत हुनेछन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *