प्रभु बैंकका एकैदिन दुई नयाँ शाखा
काठमाडौं । प्रभु बैंकले एकैदिन शाखा सञ्जाल विस्तार गर्ने क्रममा आइतबारदेखि तेह्रथुम जिल्लाको म्याङलुङ नगरपालिका वडा नं. १ मा ३०८ औं र धनकुटा नगरपालिका, वडा नं.७ स्थित हुलाक टोलमा ३०९ औं शाखा खोली बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गरेको छ ।
बैंकको यो अभियानले देशभरिनै बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको जनाएको छ । बैंकको म्याङलुङ शाखा र धनकुटा शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।