लक्ष्मी उन्नति कोष र लक्ष्मी भ्यालु फन्ड २ को प्रतिफल घोषणा

काठमाडौं । लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘लक्ष्मी उन्नति कोष’ र ‘लक्ष्मी भ्यालु फन्ड २’ नामक बन्दमुखी योजनाको प्रतिफल वितरण हुने भएको छ । यी योजनाको प्रवर्द्धक लक्ष्मी सनराइज बैंक र योजना व्यवस्थापक तथा डिपोजिटरमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड छ ।

लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका अनुसार दुवै योजनाको आर्थिक वर्ष २०८०।८१ को लेखापरीक्षण सकिएको छ । योजना व्यवस्थापकको साउन १४ मा बसेको सञ्चालक समिति बैठकले गत आवका लागि लक्ष्मी उन्नति कोषका इकाइ धनीलाई करसहित ७.५ प्रतिशत र लक्ष्मी भ्यालु फन्ड २ का इकाई धनीलाई ४.५ प्रतिशत प्रतिफल दिने निर्णय गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *