कुमारी बैंकका ग्राहकलाई डिआइ स्किन हस्पिटलमा छुट

काठमाडौं । कुमारी बैंक लिमिटेडका ग्राहकलाई काठमाडौंको गोल्फुटारमा रहेको डिआइ स्किन हस्पिटल प्रालि तथा डिआइ डेन्टल केयर प्रालिमा विभिन्न सेवाहरु लिएवापत विशेष छुट दिइने भएको छ ।

कुमारी बैंक लिमिटेड र डिआइ स्किन हस्पिटल प्रालि तथा डिआइ डेन्टल केयर प्रालिबीच भएको सम्झौता अनुसार कुमारी बैंकका ग्राहकले डिआइ स्किन हस्पिटल र डिआइ डेन्टल केयरबाट सेवा लिएपछि कुमारी बैंकको डेबिटरक्रेडिट कार्ड अथवा क्युआरबाट भुक्तानी गर्दा १५ प्रतिशतसम्मको छुट पाउने भएका छन् । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सक्ने बैंकले अपेक्षा गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *