श्री महिला तरकारी व्यवसायी सहकारीलाई सहकारी बैंकको सम्मान
काठमाण्डौं । कालीमाटीमा रहेको श्री महिला तरकारी व्ववसायी बचत तथा ऋण सहकारी संस्था सम्मानित भएको छ । राष्ट्रिय सहकारी बैंकको २२ औं स्थापना दिवसको अबसरमा संस्था नियमित कारोबार तर्फ सम्मानित भएको हो । बैंकले २० औं साधारणसभामा घोषणा गरेको सम्मान तथा पुरस्कार हिजो विरतण गरेको हो । एक औंपचारिक कार्यक्रमको आयोजना गरी बैंकले सम्मान तथा पुरस्कार वितरण गरेको थियो । संस्थाले प्रकाशित गरेको गत आर्थिक बर्षको असार मसान्तसम्मको वित्तीय विरण अनुसार शेयर पुँजी बचत, संकलन र जगेडा कोषमा समेत वृद्धि भएको छ ।
संस्थाले गत असारमसान्त सम्ममा शेयर पुँजी १०.२४ प्रतिशतले वृद्धि गरी ३ करोड ४५ लाख, बचत संकलन ७३.८९ प्रतिशतले वृद्धि गरी २४ करोड ८८ लाख ५४ हजार र जगेडा कोष ६.२९ प्रतिशतले वृद्धि गरी २ करोड ९ लाख ३१ हजार पुगेको छ । संस्थाको लगानीमा रहेको ऋण २४ करोड ६ लाख २६ हजार,कुल संस्थागत पुँजी २ करोड ४० लाख ६० हजार र विभिन्न कोषमा १ करोड ५३ लाख ४० हजार पुगेको छ । १ हजार ५६९ सदस्य रहेको संस्थाको कुल सम्पत्ति ३३ करोड ६७ लाख ६७ हजार पुगेको छ ।