स्वास्थ्यमन्त्री पौडेलको निर्देशनमा भक्तपुर क्यान्सर अस्पताल दुई सिफ्टमा संचालन

काठमाडौं । स्वास्थ्यमन्त्री प्रदीप पौडेलको निर्देशनपछि भक्तपुर क्यान्सर अस्पतालमा दुई सिफ्टमा ओपिडी र क्युआर प्रणाली संचालनमा आएको छ ।

भक्तपुर क्यान्सर अस्पतालमा तीन वटा मात्रै शल्यक्रियाका कक्ष रहेको कारण शल्यक्रिया गर्ने बिरामीले महिनौँ वर्षो कुर्नुपर्ने अवस्थाको अन्त्यका साथै स्रोत र साधनको सही सदुपयोग हुने भन्दै स्वास्थ्यमन्त्री पौडेलले भक्तपुर क्यान्सर अस्पतालाई निर्देशन दिएलगतै उक्त अस्पताल दुई सिफ्टमा संचालनमा आएको हो ।

स्वाथ्यमन्त्री पौडेले स्वास्थ्य क्षेत्रमा देखिएको समस्या समाधानका लागि स्रोत साधनको उचित व्यावस्थापनका लागि जोड दिदैँ आएका छन् । भएका स्रोत र साधनलाई उचित तरिकाले व्यावस्थापन गर्न सकेमा स्वास्थ्य क्षेत्रमा देखिएको समस्या समाधान गर्न सकिने उनको भनाइ छ ।

अस्पतालमा दुई सिफ्टमा सेवा सुचारु भएसँगै अस्पतालले साउनको पहिलो साताबाट टोकन प्रणालीबाट सेवा, अनलाइन अपोइटमेन्ट, शल्यक्रिया कक्ष बढाएको अस्पतालले जनाएको छ ।

चिकित्सकको राउन्ड, बिरामी भर्ना, बिरामीहरूको डिस्चार्जबीच समयको वातावरण सिर्जना गर्दै अस्पतालमा बेड नपाइ अवस्थाको अन्त्य गर्ने, अस्पतालका कतिपय विभागहरूमा पाँच वा सोभन्दा बढि युनिटहरू रहेको हुँदा पर्याप्त चिकित्सकहरू हुँदाहुँदै पनि ओपिडी एवं शल्यक्रियाहरूमा चिकित्सकको कमी देखिएको भन्दै मन्त्रालयले युनिटको प्रभावकारी व्यवस्थापन गर्ने, स्वास्थ्य बीमा कार्यक्रमवाट उपलब्ध गराइने सबै औषधि अस्पतालको बिमा फार्मेसीमा पर्याप्त राखी अटुट र अविच्छिन्न सेवा प्रवाह गर्नका लागि निर्देशन दिइएको थियो ।

यस्तै, अस्पतालमा सेवाग्राहीको भीड व्यवस्थापनका लागि सेवा काउन्टर थप गर्ने, अनलाइन टिकट काट्ने, अनलाइन समय व्यवस्थापन (टोकन नम्बर अनुसारको समय जानकारी गराउने) विद्युतीय भुक्तानी प्रणाली लागू गर्ने, सेवाग्राहीले सामान्य कामको लागि समेत अस्पताल प्रमुखलाई पर्खनुपर्ने बाध्यता हटाउन समेत स्वास्थ्यमन्त्री पौडेललेको निर्देशन अनुसार सबै कार्यान्वयमा ल्याइएको अस्पतालले दाबी गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *