कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक हिजो बुधवारबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठक आज पनि बस्न लागेको हो । बैठकमा सय दिने सङ्गठनात्मक अभियान भदौ १५ देखि मङ्सिर २५ सम्म सञ्चालन गर्ने प्रस्ताव, भ्रातृ सङ्गठनहरूको अधिवेशनका लागि दिइएको समय निर्देशक समिति बनाउने निर्णय बनाउने प्रस्ताव लगायतका ११ वटा प्रस्तावमाथि छलफल हुनेछ ।

साथै समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने पार्टी केन्द्रीय कार्यालयले जानकारी दिएको छ । केन्द्रीय कार्य समिति बैठकमा हिजो केन्दिय सदस्य शंकर भण्डारीले हिन्दू राष्ट्र स्थापनाको एजेण्डा उठान गरेका थिए । केन्द्रीय सदस्य भण्डारीले बहुमत महासमितिले सदस्यहरुले हस्ताक्षर गरी महासमिति बैठकमा पेस गरिएको वैदिक सनातन हिन्दू राष्ट्र स्थापनाको एजेण्डालाई पार्टीको बैठकमा एजेण्डाका रुपमा पेश गरिनुपर्ने धारणा राखेका हुन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *