आगामी दिन प्राधिकरणकालागि थप चुनौतिपूर्ण छ : घिसिङ

काठमाडाैँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी दिन प्राधिकरणका लागि थप चुनौतिपूर्ण रहेको बताएका छन् ।

दोस्रो कार्यकालको तेस्रो वार्षिकोत्सवमा मुख्य उपलब्धि सुनाउँदै उनले नेपाल विद्युत प्राधिकरण हिजोका दिनमा भन्दा आगामी दिनमा थप चुनौतिपूर्ण रहेको बताएका हुन् । ‘आगामी दिन प्राधिकरणका लागि थप चुनौतिपूर्ण छन् ।’, कार्यकारी निर्देशक घिसिङ्ले भने, ‘अहिलेसम्म प्राप्त उपलब्धिलाई संस्थागत गर्नु पहिलो चुनौती हो भने उत्पादित विद्युतको वजार व्यवस्थापन दोश्रो चुनौतीको रुपमा रहेको छ । विद्युत् आपूर्तिको नियमितता र गुणस्तर बृद्धि गर्नु तेश्रो चुनौती रहेको छ ।’

त्यस्तै उनले चुनौतीका बिच आफू मुलुकभरका नागरिकलाई पर्याप्त, नियमित, भरपर्दो र गुणस्तरीय विद्युत आपूर्ति गर्न सँधै लागि पर्ने बताएका छन् । ‘चुनौतीहरुको समाधान गरी आगामी दिनमा मुलुकभरका नागरिकलाई पर्याप्त, नियमित, भरपर्दो र गुणस्तरीय विद्युत आपूर्ति गर्न हर सम्भव प्रयास केन्द्रित गर्ने र नाफासहितको सक्षम, सबल प्राधिकरण बनाउने प्रतिबद्धतासमेत व्यक्त गर्दछु ।’, कार्यकारी निर्देशक घिसिङले भने ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *