कोशी प्रदेशमा कृषि एक्स्पो आयोजना हुदैं

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा भदौ २७ देखि ३० गतेसम्म विराटनगरसँग जोडिएको कटहरी गाउँपालिकामा रहेको कृषि थोक बजारमा कृषि एक्स्पो आयोजना गरिने भएको छ । महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउतले विगतमा काठमाडौं र चितवनमा मात्र सीमित रहेको कृषि एक्स्पो पहिलो पटक कोशी प्रदेशमा आयोजना गर्न लागिएको हो ।

राउतका अनुसार एक्स्पो प्रदेश सरकार, उद्योग, कृषि तथा सहकारी मन्त्रालय, संघीय सरकार र स्वीस सरकार विकास सहयोगको प्रवद्र्धन र नेपाल कृषि बजार विकास कार्यक्रम(सहज) र कटहरी गाउं पालिकाको सहकार्यमा आयोजना हुन लागेको हो । एक्स्पोमा कृषिका नवीनतम प्रविधि, कृषि व्यवसायका उत्पादन, पशुपंक्षीका दाना, भेटनरी लगायतका वस्तुहरुको प्रदर्शनी हुने छ । एक्स्पोमा भारतको विहार राज्यबाट समेत कृषि विज्ञहरु आएर परामर्श दिने कार्यक्रम छ ।

उक्त एक्स्पो कृषक र कृषि व्यवसायीको मिलन मात्र गराउने नभई कृषक र कृषि उद्योगीहरु वीच समन्वय गराउने कार्यक्रम रहेको जानकारी दिँदै जिल्ला बाहिरबाट एक्स्पोको अवलोकन गर्न आउने कृषकका लागि आयोजकले खाना तथा आवासको व्यवस्था गरिएको राउतले वताए । कृषि एक्स्पोको प्रचार प्रसार गर्ने क्रममा महासंघका अध्यक्ष राउतको नेतृत्वमा गएको टोली झापा, इलाम, पाँचथर र ताप्लेजुङका स्थानीय निकाय, उद्योग वाणिज्य संघ र विभिन्न वस्तुगत संघसँग छलफल गर्न व्यस्त छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *