नेपाल लाइफको खुद नाफामा वृद्धि

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०।०८१ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद नाफा ३०.८१ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले गत आवमा ५१ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको खुद नाफा ३९ करोड २९ लाख रुपैयाँ थियो । ८ अर्ब २० करोड ७९ लाख रुपैयाँ चुँक्ता पुँजी भएको कम्पनीले गत आवमा ४० अर्ब ४५ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

गत आवको अन्त्यसम्ममा कम्पनीको दीर्घकालीन लगानी १ खर्ब ९१ अर्ब २७ करोड ६० लाख रुपैयाँ रहेको छ भने अल्पकालीन लागनी १४ अर्ब ४८ करोड रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ६.२६ रुपैयाँ, पीई अनुपात ९८.८८ र प्रतिसेयर नेटवर्थ १२९।१८ रुपैयाँ रहेको छ । कम्पनीले पुनर्बीमाबापत ७३ करोड ९२ लाख रुपैयाँ, अभिकर्ता कमिसनबापत ३ अर्ब १८ करोड १६ लाख रुपैयाँ खर्चिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *