सिद्धार्थ प्रिमियरको नाफा ८२.५२ प्रतिशत बढ्यो

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८०।८१ को चौथो त्रैमासमा ६९ करोड २३ लाख १९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३७ करोड ९३ लाख १९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष ८२.५२ प्रतिशत बढी नाफा आर्जन गरेको हो । गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको खुद बीमाशुल्क ७८.१२ प्रतिशत बढेर १ अर्ब ९८ करोड ८४ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ११ करोड ६३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ६१.८२ प्रतिशत बढेर १ अर्ब ५ करोड २९ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ६५ करोड ७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । गत असारसम्म कम्पनीको कुल आम्दानी ५१.३४ प्रतिशत बढेर ३ अर्ब ५ करोड ३५ लाख रुपैयाँ गरेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब १ करोड ७६ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । यस्तै कम्पनीको कुल खर्च ५१.८६ प्रतिशत बढेर २ अर्ब ५३ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ३२ करोड ४ लाख रुपैयाँ कुल खर्च गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड ६५ लाख रुपैयाँ, जगेडा कोष २ अर्ब ५० करोड रुपैयाँ, महाविपत्ती कोष ३७.४२ प्रतिशत बढेर १८ करोड ९१ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्ग १ अर्ब ११ करोड ७३ लाख रुपैयाँ र अन्य इक्विटी ३६.१७ प्रतिशत घटेर १ अर्ब ६ करोड २२ लाख रुपैयाँ सञ्चित छ । कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी ११.१५ रुपैयाँ बढेर २४.६७ रुपैयाँ पुगेको छ । असार मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ३५.५५ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २७३.५० रुपैयाँ रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *