मन्त्रिपरिषद्को बैठकले परराष्ट्रमन्त्रीको पाँच दिने भ्रमण स्वीकृत

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले भदौ २ देखि ६ गतेसम्म भारतको भ्रमण गर्ने भएकी छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले परराष्ट्रमन्त्रीको पाँच दिने भारत भ्रमण स्वीकृत गरेको हो । परराष्ट्रमन्त्रीको नेतृत्वको प्रतिनिधिमण्डललाई २०८१ भदौ २ देखि ६ गतेसम्म भारत भ्रमणका लागि स्वीकृति प्रदान गर्ने, मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ ।

भारतका विदेश सचिव विक्रम मिश्रीले यही साउन २७ र २८ गते नेपालको भ्रमण गर्दा परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले पठाएको भारत भ्रमणको निम्तो हस्तान्तरण गरेका थिए । परराष्ट्रमन्त्रीज्यू स्वास्थ्य उपचारका लागि भारत जान लाग्नु भएको हो, परराष्ट्र मन्त्रालय स्रोतले भन्यो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *