नबिल बैंकको ७.९९ प्रतिशतमै घर कर्जा

काठमाडौं । नबिल बैंकले आधार दर सरह नै ब्याजदरमा घर कर्जा दिने भएको छ । बैंकले ‘नबिल ढुक्क घर कर्जा, नबिल भए ढुक्क’ योजना अन्तर्गत ७.९९ प्रतिशत ब्याजदरमै घर कर्जा उपलब्ध गराउने भएको हो । बैंकले भदौ महिनाका लागि ७.६३ प्रतिशत आधार दर निर्धारण गरेको छ ।

आधार दरमा ३ प्रतिशतसम्म प्रिमियम थप लिने गरिएको बैंकले जनाएको छ । सो आधारमा घर कर्जाको ब्याजदर १०.६३ प्रतिशत ब्याजदर हुन आउँछ । तर, सो योजनाअन्तर्गत बैंकले ७.९९ प्रतिशत ब्याजदरमा घर कर्जा उपलब्ध गराउने बैैंकको भनाइ छ । बैंकले अधिकतम ३० वर्षसम्म अवधिका लागि घर कर्जा दिनेछ । ७.९९ प्रतिशत ब्याजदर ७ वर्षसम्मका लागि स्थिर हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *