रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक बुधबार (आज) बस्दै छ । वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा राष्ट्रिय भेलासहितका विषयमा छलफल हुने रास्वपा नेता मनिष झाले जानकारी दिए । उनका अनुसार बैठकमा कर्णाली विशेष अभियान र सबै प्रदेशमा पार्टी सभापतिको समेत उपस्थितिमा हुने कार्यक्रमबारे छलफल हुनेछ ।

बैठकबाट संगठन निर्माणसम्बन्धी कार्यविधि संशोधनको तयारी गरिएको छ । केन्द्र तथा सातै प्रदेशको बन्द कार्यशालाको प्रतिवेदन र उपलब्धि, स्थानीय तह उपनिर्वाचन, संविधान दिवसको कार्यक्रमसहितका विषयमा छलफल हुने झाले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *