नागढुङ्गा नजिक पहिरो जाँदा त्रिभुवन राजपथ अवरुद्ध
काठमाडौं । काठमाडौं प्रवेशको मुख्य नाका नागढुङ्गा नजिक पहिरो जाँदा त्रिभुवन राजपथ अवरुद्ध भएको छ।
काठमाडौं प्रवेशको मुख्य नाका त्रिभुवन राजपथ अन्तर्गत नागढुङ्गा नजिक पहिरो जाँदा दुवैतर्फको सवारी आवागमन रोकिएको हो। नागढुङ्गा प्रहरी इन्चार्ज प्रहरी निरीक्षक हेमकुमार थपलियाका अनुसार चेक पोइन्टबाट करिब तीन सय मिटर टाढा ठूलो पहिरो गएको छ। थपलियाका अनुसार दुवैतर्फ पहिरो पन्छाउन डोजरलाई स्टान्डबाइ राखिएको छ ।
पहिरो खस्न रोकिएपछि पहिरो पन्छाएर आवागमन सहज गरिने थपलियाको भनाइ छ।