‘होन्डा कार, दसैँ उपहार, अफरमाथि अफर’ नामक योजना सार्वजनिक
काठमाडौं । होन्डा कारको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होन्डा कार, दसैँ उपहार, अफरमाथि अफर’ नामक योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत ग्राहकहरूले होन्डाको कुनै पनि कारको खरिदमा पाँच लाख रुपैयाँसम्म क्यास डिस्काउन्ट, दुई वर्षका लागि गाडीको इन्स्योरेन्स र ट्याक्स फ्री एवं पाँच वर्षसम्म गाडीको सर्भिसिङ पाउने भएका छन् । ग्राहकलाई सहज फाइनान्सको सुविधा दिन होन्डाको कार खरिद गर्दा आकर्षक ब्याजदर एवं २० प्रतिशतसम्मको डाउन पेमेन्ट उपलब्ध गराइरहको कम्पनीले जनाएको छ ।
यसबाहेक फ्री एक्सेसरिज र स्पोट एक्सचेन्जको सुविधासमेत उपलब्ध गराइरहेको बताएको छ । होन्डाले आफ्नो ग्राहकलाई रोड साइड एसिसटेन्स सुविधा साथै दुई वर्ष वा कार एक लाख किलोमिटर चलाएसम्मको वारेन्टी दिइरहेको छ । यो आकर्षक उपहार योजनाले सर्वाधिक रुचाइएको होन्डा कारका ग्राहकमा थप उत्साह मिल्ने कम्पनीको विश्वास छ । अफर यो योजना सीमित अवधिका लागि मात्र लागु हुने कम्पनीले बताएको छ ।