नाडा अटो शोमा सीजी मोटर्सलाई पहिलो दिनमा २७ वटा बुकिङ प्राप्त गर्न सफल

काठमाडौं । नाडा अटो शो २०८१ को पहिलो दिन भव्य रूपमा सफल भएको छ । सीजी मोटर्सको सहभागिता रहेको नाडा अटो शोमा विभिन्न ब्राण्ड गरी आठ वटा स्टल प्रदर्शनमा राखिएको छ । उक्त शोको पहिलो दिनमा नै सीजी मोटर्सले २७ वटा बुकिङ प्राप्त गर्न सफल भएको कम्पनीले जनाएको छ । सीजी मोटर्सले नेपाली बजारमा नाडा अटो शोमार्फत नै सार्वजनिक गरेको अवतार ११ को तीन वटा बुकिङ पहिलो दिनमा नै भएको छ । आगामी दिनहरूमा पनि राम्रो बुकिङ आउने कम्पनीको अनुमान छ ।

त्यसैगरी नाडामार्फत नै सार्वजनिक गरिएको रिडर आरडी ६ को पाँच वटा बुकिङ प्राप्त गर्न कम्पनी सफल रहेको छ । योसँगै नाडामार्फत नै सार्वजनिक गरिएको एक्सीङको ६ वटा बुकिङ प्राप्त भएको छ। नेपाली बजारमा लोकप्रिय रहेको नेटा भीको पनि ६ वटा बुकिङ प्राप्त भएको कम्पनीले जनाएको छ । नाडामा नै सार्वजनिक गरिएको नेटा एक्स मोडलको पहिलो दिनमा सात वटा बुकिङ प्राप्त गर्न कम्पनी सफल भएको छ । यसरी पहिलो दिनमा २७ वटा बुकिङ प्राप्त गर्न सफल रहेको सीजी मोटर्सले नाडा अटो शोको अन्त्यसम्ममा आफ्ना विभिन्न आठ वटा ब्राण्डमार्फत २०० वटाभन्दा धेरै बुकिङ हासिल गर्ने कम्पनीको अनुमान छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *