मोरङको सुन्दरहरैंचामा विषादी खुवाएर दुई बच्चाको हत्या !

विराटनगर । मोरङको सुन्दरहरैंचामा दुई बालिकाको हत्या गरिएको छ । सुन्दरहरैंचा ७ गोठगाउँमा दिदी बहिनीको हत्या गरिएको अवस्थामा केराघारीमा शव भेटिएको हो । धनकुटा पाख्रिबास ४ डिकुरे घर भई हाल मोरङ सुन्दरहरैंचा ७ मालती टोल बस्ने दिदी सिता रेग्मीको घरमा बस्दै आएका ३१ वर्षीय अर्जुन कार्कीका दुई छोरीको हत्या भएको प्रहरीले जनाएको छ । हत्या हुनेमा ३ वर्षकी अर्पणा कार्की र १ वर्षकी आइका कार्की रहेका छन् ।

उनीहरूलाई विषादी खुवाएर हत्या गरेको प्रहरीले जनाएको छ । बच्चा मृत अवस्थामा भेटिएको स्थानमा विषादी पनि भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्कीले बताए । ‘अर्जुन र श्रीमती २९ वर्षकी अस्मिता पौडेलबिच बिहान भनाभन भएको रहेछ,’ जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्कीले भने, ‘दिउँसो साढे ४ बजे दुई छोरी मृत भेटिए । अस्मिता भने फरार रहेको प्रहरीले जनाएको छ । नारायण न्यौपानेको केरा बगानमा दुई वटा बच्चा मृत अवस्थामा फेला परेको भन्ने खबर स्थानीयले प्रहरी चौकी गछियालाई जानकारी गराएका थिए । घटनास्थलमा पुगेर छानबिन भइरहेको प्रहरीले जनाएको छ । अरुण भने सवारी चालक रहेको प्रहरीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *