राष्ट्रिय जीवन बीमा कम्पनीको नयाँ बोनसदर घोषणा

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले बीमितलाई दिने नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१।८२ का लागि प्रतिवर्ष प्रतिहजार बीमाङ्कमा ६० रुपैयाँ बोनसदर तोकिएको जनाएको छ । कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुने गरी (बोनस आर्जन गर्ने) जारी गरेको सबै किसिमका जीवन बीमालेखहरूमा आर्थिक वर्ष २०८१।८२ का लागि प्रतिवर्ष प्रतिहजार बीमा ६० रुपैयाँ बोनसदर कायम गरेको हो ।

साथै बोनस दर बीमाङकीय मूल्याङ्कनका आधारमा परिवर्तनशील रहने कम्पनीको भनाइ छ । आर्थिक वर्ष २०७०।७१ देखि आर्थिक वर्ष २०७२।७३ सम्म जारी गरेका १ लाख ५२ हजार ८ सय ९० बीमालेखको आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदन नेपाल बीमा प्राधिकरणले भदौ १७ गते स्वीकृति दिएको कम्पनीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *