सलिको र अटो कम्पनीबीच सम्झौता

काठमाण्डौं । सगरमाथा लूम्बिनी इन्स्योरेन्स (सलिको) र महिन्द्रा फोर व्हीलरको पूर्व क्षेत्रको आधिकारीक बिक्रेता रोयल अटो इन्टरप्राइजेज, इष्टर्न मोटर्स, इष्टर्न अटो प्वाइन्टले नगद रहित दावीका लागि सम्झौता गरेको छन् । सो सम्बन्धी आधिकारीक बिक्रेताको तर्फबाट इष्टर्न अटो प्वाइन्टका सञ्चालक किरण भट्टराई, सलिकोका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

यस सम्झौतापछि महिन्द्राका ग्राहकहरुले सवारी साधन मर्मत सम्भार वा बीमा दावी गर्दा छिटो, सहज, पहुँचयोग्य र झन्झटमूक्त सेवाहरु पाउने छन् । उक्त अवसरमा सलिकोका कोशी प्रदेश प्रमूख नारायण गौतम तथा प्रतिनिधिहरु, इष्टर्न मोटर्सका सञ्चालक उत्कृष्ट भट्टराई तथा प्रतिनिधि, स्थानीय बैंकका प्रतिनिधि तथा बीमा सर्भेयरलगाएतको उपस्थिति थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *