सातबुँदे सहमतिअनुसार नै सरकारको न्यूनतम साझा कार्यक्रम बन्ने : थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संघीयता, समावेशी लोकतन्त्र र समानुपातिक प्रतिनिधित्वलाई थप सुदृढ हुने गरी संविधान संशोधनको विषय सरकारको न्यूनतम साझा कार्यक्रमको प्राथमिकतामा रहने बताएका छन् । नेपाली कांग्रेस र नेकपा (एमाले)बीच सरकार निर्माणका क्रममा भएको सातबुँदे सहमतिअनुसार नै सरकारको न्यूनतम साझा कार्यक्रम बन्ने उनको भनाइ छ । हामी अब कुन तहसम्म जाने ? न्यूनतम साझा कार्यक्रमलाई कति न्यूनतम बनाउने ? कति अधिकतम बनाउने ? कस्तो बनाउने ? कुनकुन कुरा राख्ने ? भन्ने सन्दर्भमा प्रारम्भिक छलफल भइसकेपछि मात्रै यसले कति समय लाग्ला भन्नकुरा टुंगो लाग्ला ।

तर, अब हामीले सरकार गठन भएकै केही दिन भइसकेकाले अब यसलाई लामो समय लगाउन उपयुक्त हुँदैन । कांग्रेसले न्यूनतम साझा कार्यक्रममा नेपालमा राजनीतिक स्थायित्व, सरकारको स्थायित्व, प्रदेश सरकार र स्थानीय सरकारलाई थप प्रभावकारी बनाउनुपर्ने बताए । महामन्त्री थापाले संघीयतालाई प्रभावकारी बनाउने विषयलाई सम्बोधन गर्ने गरी संविधानलाई परिमार्जन र पुनरवलोकन गर्ने विषय कांग्रेसको प्राथमिकतामा रहेको बताए । आफ्ना आफ्ना पार्टीका दस्ताबेजहरू छन्, हाम्रा घोषणापत्रहरू छन् । हामी भिन्नभिन्न पार्टी हो । हामी लामो समय प्रतिष्पर्धा गर्दै आएको पार्टी हो । भोलि प्रतिष्पर्धा गर्ने पार्टी पनि हो । हाम्रो बीचमा सबै कुरा मिल्छन् भन्ने पनि छैन । त्यसैले यसलाई न्यूनतम भनिएको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *