जिल्ला सहकारी संघ काभ्रेको अध्यक्षमा अमन पोटे श्रेष्ठ निर्वाचित
काभ्रे । जिल्ला सहकारी संघ, काभ्रेको ४३ औं साधारण सभाले अमन पोटे श्रेष्ठको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्वाचित गरेको छ। संघको अध्यक्ष पदका लागि अमन पोटे श्रेष्ठ र राजन शाक्यबीच प्रतिस्पर्धा । निर्वाचनमा श्रेष्ठले १९० मत पाए भने शाक्यले १४९ मत पाएका थिए । श्रेष्ठ बनेपा बचत तथा ऋण सहकारी तथा शाक्य मोडेल बचत तथा ऋण सहकारीबाट प्रतिनिधि रहेका थिए । श्रेष्ठ नेपाली कांग्रेस निकट र शाक्य एमाले निकट सहकारीकर्मी हुन् । त्यस्तै महिला उपाध्यक्षमा मिरा सत्याल विजयी भएकी छिन् । उनले १७२ मत प्राप्त गरिन् ।
त्यस्तै उपाध्यक्षमा शान्ति लामा तामाङले १७० मत, सचिवमा प्रकाश बञ्जाराले १८६ मत, कोषाध्यक्षमा अर्जुनप्रसाद सापकोटाले १७६ मत ल्याउर विजयी भएका छन् । त्यसैगरी संघको संचालक सदस्यहरुमा अम्बिका तिमल्सिनाले १७५, जगन्नाथ श्रेष्ठले १६४, पूर्णसागर रञ्जितले १८०, मोहनकुमार श्रेष्ठले १६१ र रोशनकुमार श्रेष्ठले १६० मत ल्याएर निर्वाचित भएका छन् । त्यसैगरी महिला सदस्यमा देवकी तिमल्सिना दाहाल निर्विरोध निर्वाचित भएकी छन् भने लेखा समिति संयोजकमा डिल्लीप्रसाद आचार्य तथा सदस्यमा पवनराज कर्णजित निर्वाचित भएका छन् ।