रास्वपाका निष्कासित पूर्वसांसद ढाका कुमार श्रेष्ठ पक्राउ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद ढाका कुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठलाई पोखराबाट पक्राउ गरिएको कास्कीका एसपी मोहन कुमार थापाले बताए । पोखरा महानगरपालिका–९ स्थित पृथ्वीचोकमा श्रेष्ठले सञ्चालन गरेको दिया फार्मेसीबाट प्रतिबन्धित ट्रामाडोल बेचबिखन हुने गरेको भेटिएको छ । साउन ३ मा बागलुङ बसपार्कबाट रोल्पाको त्रिवेणी गाउँपालिका–७ घर भएका ४२ वर्षीय प्रकाश थापा मगर पक्राउ परेका थिए ।

उनको साथबाट बरामद ९७ थान ट्रामाडोल उनले दिया फार्मेसीबाट खरिद गरेको बयान दिए । सो बयानको आधारमा अदालतबाट पक्राउ अनुमति लिएर डा. श्रेष्ठलाई पक्राउ गरिएको एसपी थापाले जानकारी दिए । समानुपातिक कोटामा सांसद बनेका श्रेष्ठ ‘अडियो प्रकरण’ पछि निष्कासनमा परेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *