भृकुटीमण्डपमा शुक्रबारदेखि जीएआई फूड एण्ड बेभरेज एण्ड हस्पिटालिटी हुने

काठमाडौँ । खाद्य, पेय पदार्थ र आतिथ्यताको क्षेत्रमा देखिएको तीव्र वृद्धिदरलाई पहिचान गर्दै शुक्रबारदेखि जीएआई फूड एण्ड बेभरेज एण्ड हस्पिटालिटी नामक वृहत प्रदर्शनी हुने भएको छ । राजधानीको भृकुटीमण्डपमा तीन दिनसम्म चल्ने प्रदर्शनीमा करिब ३० हजार आगन्तुकहरूलाई आकर्षित गर्ने अपेक्षा आयोजकले गरेको छ । जसमध्ये लगभग १५ हजार व्यावसायिक आगन्तुकहरू हुने अपेक्षा गरिएको छ। हस्पिटालिटीमा होटल व्यवसायीहरू, रेस्टुरेन्ट, क्लब, बार, पब, पार्टी(प्यालेस र क्यान्टिन, किराना – पासलका मालिकहरु, बेकरी तथा स्न्याक्स उत्पादकहरू, कृषि खाद्य प्रशोधक तथा उत्पादकहरू, तिनका प्रबन्धकहरू क्याटरर र शेफहरू, बारटेन्डरहरू तथा ब्यारिस्टाहरूलाई आकर्षित गर्ने आशा लिइएको आयोजकको भनाइ छ ।

प्रदर्शनी भव्यताको झलक प्रदान गर्न विशेष मोकटेल रिसेप्शन र रिटेलर्स पावर ब्रेकफास्ट रिसेप्शन प्रत्येक वर्ष झैँ यस वर्ष पनि मौलिक कार्यक्रमहरूको रूपमा समावेश गरिएको छ। साथै फूड एण्ड बेभरेज एण्ड हस्पिटालिटीले यस वर्ष साना कम्पनी, व्यावसायिक व्यापार, स्वतन्त्र उद्यमी र स्टार्ट(अपको पहुँचमा एक्स्पोलाई पुर्याउन “साना व्यवसाय मार्ट” पनि सुरुवात गर्दैछ। व्यापारको प्रचार(प्रसारका लागि यो प्रदर्शनी सबैभन्दा प्रभावकारी प्लेटफर्म भएको र यसले ३ दिनमा हजारौं सम्भावित ग्राहकहरूसँग प्रत्यक्ष बैठक गर्न अवसर दिने आयोजकको दाबी छ । जीएआई फूड एण्ड बेभरेज एण्ड हस्पिटालिटीले लगभग ५००० ब्रान्डहरू, ३०० कम्पनीहरू र २५०० वर्ग मिटरभन्दा माथिका स्टलमा २०० वटा प्रदर्शकहरूलाई स्थान प्रदान गर्ने जनाइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *