पलेशा गोवर्धनसहित प्रशिक्षक र टिम व्यवस्थापक आज पुरस्कृत
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पारा ओलम्पिक, २०२४ मा कास्य पदक विजेता पलेशा गोवर्धनसहित प्रशिक्षक र टिम व्यवस्थापकलाई आज पुरस्कृत गरेका छन् ।
यही भदौ २० गतेको मन्त्रिपरिषद्को निर्णयबमोजिम पलेशालाई रु ६५ लाख पुरस्कार राशीमा कर नकटाइ पुरस्कृत गरिएको हो । यस्तै सो खेलका प्रशिक्षक कविराज नेगी लामालाई रु पाँच लाख ८५ हजार र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई रु दुई लाख ९२ हजार पुरस्कारसहित सम्मान गरिएको छ ।
कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, सचिव सुमनराज अर्याल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य टङ्कलाल घिसिङ, नेपाल तेक्वन्दो सङ्घका पदाधिकारीलगायत सहभागी थिए ।
पेरिस पारा ओलम्पिक, २०२४ की पदक विजेता पलेशा गोवर्धनलाई आज सम्मान पत्र र ६५ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ । यस्तै प्रशिक्षक कविराज नेगी लामालाई रु पाँच लाख ८५ हजार र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई रु दुई लाख ९२ हजार पुरस्कारसहित सम्मान गरिएको छ ।
फेरि पनि बधाई पलेशा !! – प्रधानमन्त्री केपी शर्मा ओली