पीडितले प्रधानमन्त्रीका कारण न्याय नपाएकाले बाल दिवसको शुभकामना दिन सकिनँ : मेयर बालेन

काठमाडौं । शनिबार राति सामाजिक सञ्जालमार्फत काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले पीडितले न्याय नपाएकाले आफूले बाल दिवसको शुभकामना दिन नसकेको बताएका छन् । पीडित बालिकाहरूले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण न्याय नपाएको उनको भनाइ छ । उनले उक्त शुभकामना प्रधानमन्त्रीलाई नै टक्र्याउन चाहेको भन्दै कटाक्ष गरेका छन् ।

पीडित बालिकाहरूले प्रम (खडगप्रसाद ओली)को कारण न्याय नपाएर मर्नु परेको कारण बाल दिवसको शुभकामना दिन सकिन, सो शुभकामना स्वयं प्रमज्यूलाई नै टक्र्याउन चाहन्छु, ग्रहण गर्नुहोला, मेयर बालेनले फेसबुकमा लेखेका छन् । शनिबार ६०औँ राष्ट्रिय बाल दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *