रविले आफुले सहकारी प्रकरणमा सफाई पाएको भन्दै हल्ला पिटेपछि महामन्त्री शर्माले भने यस्तो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी ठगी प्रकरणका लागि अनुसन्धान गर्ने बनेको संसदीय विषेश समितिले आफुलाई सहकारी प्रकरणमा सफाई दिएको सामाजिक संजालमा हल्ला पिटेपछि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिवेदनबारे भ्रम नर्छन आग्रह गर्दै एक पटक पुनः प्रतिवेदन पढ्न आग्रह गरेका छन् ।

कांग्रेसका महामन्त्री शर्माले ‘प्रचलित कानुन बमोजिम कारबाहीका लागि सिफारिस गर्ने’ प्रतिवेदनको निर्णय पढ्न रबिलाई आग्रह गरिरहेका छन् । समितिका सभापति सुर्य थापाले समेत सहकारी प्रकरण करोडौँको रकम हिनामिना गर्दा चेक काटेको र हस्ताक्षर गरेको भन्दै कारबाहीका लागि भागीदार हुनुपर्ने बताएका छन् । रास्वपाका नेताहरूले पार्टी सभापति रवि लामिछानेले समितिबाट ‘क्लिन चिट पाएको’ दाबी गरिरहेका छन् ।

यता नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले रास्वपाका सभापति लामिछानेलाई पार्टीको नाम परिवर्तन गर्न समेत सुझाव दिएका छन् । स्वतन्त्र मन बनाएका नागरिकको भावनात्मक आवेश क्यास गर्न ‘स्वतन्त्र’ नाम रोजे पनि अब त्यसलाई छाडेर दलको नाम राख्न उनको सुझाव छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *