सिद्धार्थ बैंकका ग्राहकहरूलाई जंगल भिल्ला रिसोर्टमा छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकहरूलाई जंगल भिल्ला रिसोर्टमा १५ प्रतिशत छुट हुने भएको छ । सिद्धार्थ बैंक र जङ्गल भिल्ला रिसोर्ट (पटिहानी,चितवन) बीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।

सम्झौता अनुसार बैंकका ग्राहकहरूले चितवन स्थित जंगल भिल्ला रिसोर्टमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ सेवाबाट भुक्तानी गर्दा फुड र बेभरेजका साथै होटल बसाइँ (२ रात र ३ दिन) सेवामा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यस सम्झौताले ग्राहकलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *